‘बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताएका छन्। आर्थिक वर्ष २०८१-८२ को बजेट कार्यान्वयनको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन राष्ट्रिय सभामा पेस गर्दै उनले भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्य श्रृङ्खला प्रभावित भएको बताए।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलले पेस गरेको प्रतिवेदनमा अपेक्षित रूपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको उल्लेख।

‘आर्थिक सुधारका कार्यक्रमको  कार्यान्वयन मार्फत आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने उद्देश्यसहित कार्यान्वयनमा रहेको  चालु  आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको छ’ उनले भने ‘छिमेकी मुलुकहरूको आर्थिक वृद्धिमा आएको स्वच्छन्दता, भू-राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रूपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेको लगायतका कारणले  आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको छ’ उनले भने।

उनले सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासले आर्थिक गतिविधि वृद्धि भई यस वर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा व्यक्त गरेका थिए।

‘यद्यपि, सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासका साथै बाह्य क्षेत्रको सन्तुलन, तरलताको पर्याप्तता तथा न्यून ब्याजदरको सुनिश्चितताले आर्थिक गतिविधि वृद्धि भई यस वर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरिएको छ’ उनले भने।

उनले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रेखाङ्कन तथा प्रतिवेदन प्रणाली कार्यान्वयनमा रहेकाले वित्त प्रणालीको पारदर्शिता र विश्वसनीयता बढेको बताए।

समीक्षा अवधिमा समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिको परिचालकका रूपमा रहेको पुँजीगत खर्च आर्थिक वर्षको मध्यसम्म सुस्त रहने विगतको प्रवृत्तिमा उल्लेख्य सुधार भएको दाबी गरे।

माघ २७, २०८१ आइतबार १७:५६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।