आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्यो

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको 'इमर्जिङ एसिया अवार्डमा' तीन विधामा अवार्ड जितेको छ।
कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला अवार्ड गरि तीन विधाको अवार्ड जित्न सफल भएको हो।
अवार्ड जितेपछि कम्पनीले भनेको छ, 'नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ।'
कार्यक्रममा आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए भने डा. राजीव सिंह, डाइरेक्टर जनरल (डीजी) आइसिसी, अतनुसेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लुले विशेष सम्बोधन गरेका थिए।
माघ २७, २०८१ आइतबार ०९:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।