धनुषाको सतलोक आश्रममा १२ जोडीले गरे दाइजोरहित सामूहिक विवाह

धनुषा : जगतगुरू तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुले मिथिला नगरपालिका-२, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा १२ जोडीले दाइजोरहित सामूहिक विवाह गरेका छन्।
पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ देखि २६ सम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस समारोहमा दाइजोविरुद्धको अभियानका क्रममा १२ जोडीले सामूहिक विवाह गरे।
कार्यक्रमको दोस्रो दिन समाजलाई दाइजोमुक्त बनाउने संत रामपालजी अभियान अन्तर्गत सतलोक आश्रममा १२ नव जोडीहरूको दाइजो रहित सामूहिक विवाह गराइएको हो।
अनुयायी ओमराज ढकालले उक्त सामूहिक विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन नभएको, बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नभएको, आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको बताए।
माघ २७, २०८१ आइतबार ०९:२०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।