दिल्लीमा भाजपाको सरकार बन्ने निश्चित भएपछि मोदीले गराए मुख्यमन्त्रीको सचिवालय सिल

एजेन्सी : आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले चुनाव हारेपछि केन्द्र सरकारले दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सिल गरेको छ।
दिल्ली सरकारको दस्तावेज सुरक्षित राख्नका लागि भन्दै केन्द्रीय सरकारले त्यसलाई सिल गरिएको बताइएको छ।
दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सञ्चारकर्मी बाहेक कसैलाई जान दिइरहेको छैन। अहिले पनि आप पार्टीको तर्फबाट आतिशी मुख्यमन्त्री छिन्।
अर्को मुख्यमन्त्री भाजपाबाट बन्ने निश्चित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसलाई सिल गरेको बताइएको छ।
माघ २६, २०८१ शनिबार १६:२८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।