दिल्लीमा आम आदमी पार्टीले लज्जास्पद चुनाव हारेपछि केजरीवालले दिए भाजपालाई बधाई

दिल्लीमा आम आदमी पार्टीले लज्जास्पद चुनाव हारेपछि केजरीवालले दिए भाजपालाई बधाई

एजेन्सी : भारतको दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन्। एक भिडियो सन्देशमार्फत उनले हार स्वीकार गरे।

उनले भारतीय जनता पार्टी (भाजपा)लाई बधाई पनि दिएका छन्। 

जनताले आफूहरूलाई १० वर्षसम्म मौका दिएको र यस अवधिमा धेरै काम गर्ने प्रयास गरेको उनको दाबी छ। उनले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा सुधार गर्ने आफूहरूले प्रयास गरेको बताए।

उनले भविष्यमा पनि आफूहरूले जनताका निम्ति काम गरिरहने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

मतगणना जारी छ। भाजपाले बहुमतको आँकडा पार गरेको प्रक्षेपण छ। भाजपा ४८ सिटमा अगाडि छ।

आम आदमी पार्टी मात्र २२ सिटमा अगाडि छ। आम आदमीका धेरै ठूला नेता पछाडि परेका वा हारेका छन्।

केजरीवाल आफैं नयाँ दिल्लीबाट भाजपाका प्रवेश वर्माभन्दा करिब चार हजार मतान्तरले पछाडि छन्। 

माघ २६, २०८१ शनिबार १५:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।