दिल्ली निर्वाचनमा केजरीवाल र सिसोदिया पराजित, मुख्यमन्त्री आतिशी नौ सय मतले विजयी

एजेन्सी : दिल्ली विधानसभा निर्वाचनमा पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया दुवै पराजित भएका छन्।
नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश वर्मासँग तीन हजार हजारभन्दा बढी मतले पराजित भएका हुन्। नतिजाको विस्तृत विवरण भने आउन बाँकी छ।
यस्तै दिल्लीका पूर्व उपमुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता सिसोदिया पनि भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका छन्।
जङ्गपुरा विधानसभा सिटमा सिसोदिया र तरविन्दरबीच कडा प्रतिस्पर्धा भएको थियो। तर, अन्त्यमा तरविन्दरले पाँच सय ७२ मतले जिते।
मत परिणामपछि हार स्वीकार गर्दै सिसोदियाले आफूहरूले मिहिनेत गरेको बताए। उनले जनताको फैसलालाई स्वीकार गर्ने बताएका छन्।
यस्तै दिल्लीकी मुख्यमन्त्री आतिशीले भने नाै सय ८९ भोटले चुनाव जितेकी छन्। यहाँ भाजपाका रमेश बिधुडीलाई उनले पराजित गरेकी हुन्।
माघ २६, २०८१ शनिबार १३:२६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।