कांग्रेस र एमालेलाई माधव नेपालको चेतावनी- ‘संख्याको मात चढेको भए बंगलादेश र श्रीलंका सम्झनू’

कांग्रेस र एमालेलाई माधव नेपालको चेतावनी- ‘संख्याको मात चढेको भए बंगलादेश र श्रीलंका सम्झनू’

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेलाई संख्याको मात लागेको भए छिमेकी मुलुकलाई सम्झन चेतावनी दिएका छन्।

शनिबार पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेलाई संख्याको मात लागेको भए छिमेकी देश बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेका हुन्।

उनले भने, ‘दुई ठूला पार्टीहरूलाई संख्याको मात लागेको छ भने छिमेकी देशहरू सम्झिनुस्। चाहे बंगलादेश होस्, चाहे श्रीलंका होस्, त्यसले पाठ त सिकाइसकेको छ। संख्याले मात्र केही पनि हुँदैन, त्यो  संख्याको मात लाग्यो भने यसको दुरुपयोग गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उत्रिने छन्। जनता भन्दा शक्तिशाली कोहीपनि हुँदैन।’

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओली ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभई सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको आरोप लगाए।

उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालनल गर्ने कुरामा गम्भीर हुनुहुन्न। जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन। सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ। जसका कारण मुलुकको भविष्य संकटमा पर्ने संभावना देखिन्छ।’

यसैगरी उनले पदमा बस्नको लागि धेरै आतुर हुने, तर पदीय जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति बढेको बताए। उनले जनतामा नयाँ आशा, भरोसा र विश्वास दिलाउन सक्नुपर्ने औँल्याए।

माघ २६, २०८१ शनिबार १२:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।