सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं : काठमाडौंको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो।

उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।

उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन। तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन।

माघ २६, २०८१ शनिबार ०९:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।