महिला टी-२० शृङ्खलामा नेपालको लज्जास्पद हार, थाइल्यान्डले पायो उपाधि

महिला टी-२० शृङ्खलामा नेपालको लज्जास्पद हार, थाइल्यान्डले पायो उपाधि

काठमाडौँ : काठमाडौँमा भएको महिला टी–२० शृङ्खलामा नेपाल सबै ६ खेलमा पराजित भएको छ। शुक्रवार भएको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएसँगै सबै खेलमा पराजित भयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ८२ रनको चुनौती थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको थियो। सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन्।

यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो। थाइल्यान्डले पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ। नेदरल्याण्ड्स ८ अङ्कसहित दोस्रो भयो।

माघ २५, २०८१ शुक्रबार १५:३०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।