थाइल्यान्डलाई नेपालको ८२ रनको सामान्य चुनौती

काठमाडौँ : महिला त्रिकोणात्मक टी ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको सामान्य लक्ष्य दिएको छ।
जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोडेको हो।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन्। उनले २९ बलमा १ चौका प्रहार गरिन्। कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडिन्। कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन्।
थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले ३ तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन्।
नेपाली टोलीमा २ परिवर्तन भएको छ। यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन्। राजमतीको राष्ट्रिय महिला टोलीबाट यो डेब्यु खेल हो।
सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ।
माघ २५, २०८१ शुक्रबार १४:१९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।