बैंकिङ कसुरका प्रतिवादी सानेपाबाट पक्राउ

बैंकिङ कसुरका प्रतिवादी सानेपाबाट पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन्।

मकवानपुर थाहा नगरपालिका-८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ गरेको हो।

घलानविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौमा दुईवटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ।

उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी वृत्त जनसेवा काठमाडौंमा पनि दुई वटा मुद्दा दर्ता भएको भएको छ।

माघ २५, २०८१ शुक्रबार ११:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।