तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य घट्यो

काठमाडौं : तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको छैटौं दिन शुक्रबार(आज) सुनको मूल्य घटेको छ।
बिहीबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुँदा हिजो तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो। यसरी हेर्दा चाँदीमा आज पाँच रुपैयाँ बढेको छ।
मंगलबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ। सोमबार तोलाको एक लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आजको मितिसम्म आइपुग्दा ५३ सय रुपैयाँले बढेको छ।
माघ २५, २०८१ शुक्रबार १०:४६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।