धरौटीमा छुटेपछि खुसियालीमा रविका समर्थक : कसैले धरौटी बुझाउन लालपूर्जा ल्याए, कसैले कुखुरको भाले

धरौटीमा छुटेपछि खुसियालीमा रविका समर्थक : कसैले धरौटी बुझाउन लालपूर्जा ल्याए, कसैले कुखुरको भाले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेसँगै समर्थकहरू खुसी देखिए। 

साहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार रवि लामिछानेलाई ५४ लाख धरौटी लिएर छाड्न आदेश गरेको थियो।

त्यसपछि रविका समर्थकहरूले उनको पक्षमा प्रदर्शन र नाराबाजी गरिरहेका छन्। चितवन रविको निर्वाचन क्षेत्र पनि हो। उनले चितवन २ बाट सर्वाधिक मत ल्याएर दुईपटक चुनाव जितेका थिए। 

अहिले उनको समर्थनमा मतदाताहरू बाक्लो संख्यामा सडकमा निस्किएका छन्। केही समर्थक खुसियालीमा अदालत आसपासको क्षेत्रमा कुखुराको भाले बोकेर पुगेको रास्वपा नेता प्रमोद न्यौपानेले बताए।

‘रविजीलाई मागिएको धरौटी बापत हाम्रो लालपूर्जा राखियोस् भन्दै मतदाताहरू आउनुभएको छ,’ उनले भने, ‘कतिपयले चेक पनि बोकेर आउनुभएको छ।’

माघ २४, २०८१ बिहीबार १८:४०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।