स्वास्थ्यमन्त्री पौडेल भन्छन् : बिरामी बढ्दै जाने हो भने सरकारले उपचार गर्न सक्दैन

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिलेकै अवस्थामा बिरामीको सङ्ख्या बढ्दै जाने हो भने सरकारले उपचार गर्न नसक्ने बताए। प्रतिनिधि सभाको बैठकमा उनले अस्पतालले पाउनुपर्ने भुक्तानी रकम समयमा नपाउँदा बीमा क्षेत्रमा धेरै समस्याहरू देखिएको बताए।
‘बीमा व्यवस्थित गर्न जरुरी छ। यसमा धेरै समस्याहरू छन्। व्यवस्थित हुन नसकेको मुख्य कारण यसको कोष सुरक्षित नभएर हो,’ उनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै भने ‘अस्पतालले पाउनुपर्ने भुक्तानी समयमा प्राप्त गर्न नसक्दा यो स्थिति भएको हो। राज्यले नियमित दिने बजेटले यसको ६ भागको एक भाग पनि नपुग्ने स्थिति छ।’
माघ २४, २०८१ बिहीबार १८:१४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।