ट्रम्पविरूद्ध सडकमा उत्रिए युएसएआइडीका कर्मचारी

ट्रम्पविरूद्ध सडकमा उत्रिए युएसएआइडीका कर्मचारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरूद्ध आन्दोलन सुरू भएको छ।

विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडीका कर्मचारीहरूले ट्रम्प प्रशासनको विरोध गरेका हुन्। आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाए।

अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गरिएको निर्णय फिर्ता गर्न माग गरेका छन्।

प्रदर्शनकारीले टेस्लाका सीइओ एलोन मस्कको प्रभाव र सक्रियताप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरुले मस्कको नियुक्ति गैरकानुनी भएको पनि बताएका छन्। मस्कले युएसएआइडी बन्द गर्नुपर्ने सुझाव दिएका थिए।

ट्रम्पले युएसएआइडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरवलोकन गर्ने आदेश गरेपछि विश्वभरका कर्मचारीहरूलाई फिर्ता गर्न निर्देशन समेत दिइसकेका छन्।
 
युएसएआइडी सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीको प्रशासनमा स्थापित भएको थियो। यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिकरुपमा अर्बौं डलर वितरण गदै आएको छ।

युएसएआइडीका हजारौं कर्मचारीलाई शुक्रबार मध्यरातिदेखि छुट्टीमा राखिनेबारे सूचना जारी भइसकेको छ। 

माघ २४, २०८१ बिहीबार १७:४५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।