संसद्मा देखिएको प्रचण्डको फरक स्वरूप : एमालेबारे आक्रामक, कांग्रेसबारे नरम

संसद्मा देखिएको प्रचण्डको फरक स्वरूप : एमालेबारे आक्रामक, कांग्रेसबारे नरम

काठमाडौँ : संसद् सुरु भएको पहिलो दिन सम्बोधन नगरेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चलिरहेको अधिवेशनको दोस्रो बैठकमा सम्बोधन गरे।

बिहीबार संसद्मा सम्बोधनकोक्रममा देखिएको प्रचण्डको बडी ल्याङवेज उकेराकर्मीको क्यामरामा कैद भएका थिए।संसद्मा सम्बोधन गर्दा कहिले लिखित त कहिले अलिखित सम्बोधन गर्दा उनी प्रशंगमा अलमल भएको प्रस्टै देखिएको थियो।

उनको बोल्ने शैली आकर्षक त छ नै बोल्दा देखिने शारीरिक हाउभाउ पनि आकर्षकै देखिन्छ। खैरो दौरा सुरुवाल, रातो गलबन्दीमा कालो भादगाउँले टोपीमा चिटिक्क परेर संसद् गएका प्रचण्डले बिहीबारको सम्बोधनमा सत्तापक्षप्रति कटाक्ष गर्दागर्दै यही सरकारमा रहेको नेपाली कांग्रेसप्रति भने नरम देखिएका थिए।

जब जब उनी कांग्रेसको प्रसङ्ग ल्याउँथे अगाडि रोहमा बसेका कांग्रेस सभापति शेरबहादुरतिर  नजर लगाउँथे। देउवा मुसुमुसु हाँसिरहेका देखिन्थे।

सरकारको आयुबारे यस अगाडि ओलीले गरेको दाबीमा समेत कटाक्ष गर्दै उनले सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भने प्रशंसा गरे। देउवालाई सत्ता सुम्पने भनेर ओलीले पटक पटक भन्ने गरेको भन्दै उनले व्यङ्ग्य गर्दै भने  'शेरबहादुरजीका कान र आँखा तगडा छन्, धेरै पटक भनिरहनु पर्दैन। उहाँ राम्रोसँग सुन्न र बुझ्न सक्नुहुन्छ, प्रचण्डले भने। यसोभन्दा दुवैको नजर जुधिरहेको थियो।

माघ २४, २०८१ बिहीबार १७:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।