प्रचण्डले संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित भएनन्, धन्यवाद पाए देउवाले

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्।
सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्दा संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित हुने गर्दछन् भने प्रमुख प्रतिपक्ष दलका नेताहरूले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने गरेका छन्।
तर, आजको बैठकमा प्रचण्डले सम्बोधन गर्दा ओली आएनन्।
प्रचण्डले भाषण गरिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित भएका छन्। त्यसपछि प्रचण्डले बैठकमा उपस्थित भएका देउवालाई धन्यवाद दिए।
माघ २४, २०८१ बिहीबार १५:०९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।