च्याम्पियन्स ट्रफीमा भारतीय म्याच अफिसियल नहुने

च्याम्पियन्स ट्रफीमा भारतीय म्याच अफिसियल नहुने

एजेन्सी : दुई म्याच अफिसियलले पाकिस्तान जान अस्वीकार गरेपछि च्याम्पियन्स ट्रफी २०२५ मा एकजना पनि भारतीय म्याच अफिसियल नरहने भएका छन्।

आईसीसीका प्रमुख म्याच रेफ्रीहरू मध्ये एक जावागल श्रीनाथ र आईसीसीको एलिट अम्पायर प्यानलका सदस्य नितिन मेननले आईसीसीसँग संयुक्त रूपमा टूर्नामेन्टको पाकिस्तान हुने कुनै पनि खेलमा काम नगर्ने बताएका छन्।

दुबईमा हुने सबै खेलमा भारत सहभागी हुने भएकाले ती खेलहरूमा तटस्थ म्याच अफिसियलको आवश्यक पर्छन्। त्यसैले ती खेलको म्याच अफिसियल भारतीय रहन पाउने छैनन्। यसरी यसपटकको च्याम्पियन ट्रफीमा भारतका अफिसियल नहुने भएका हुन्।

पूर्व भारतीय फास्ट बलर श्रीनाथ हाल भारत र इङ्ल्यान्डबीच चलिरहेको सिरिजमा म्याच रेफ्रीको रूपमा काम गरिरहेका छन्। तर, आईसीसी प्रतियोगितामा भने तटस्थ म्याच अफिसियलको आवश्यकता पर्छ।

च्याम्पियन्स ट्रफीको आधिकारिक आयोजक पाकिस्तान हो तर भारतका सबै खेल हाइब्रिड मोडलमा दुबईमा खेलाइनेछ।

अहिलेको चक्रमा भारतमा आयोजना हुने आईसीसीका सबै प्रतियोगितामा पाकिस्तानका सबै खेल पनि कुनै न कुनै तटस्थ स्थानमा आयोजना गर्ने निर्णय भएको छ।

१२ सदस्यीय अम्पायर प्यानलमा अम्पायर अफ द इयर रिचर्ड इलिंगवर्थ, रिचर्ड क्याटलब्रो, माइकल गफ, पल रिफल, क्रिस ग्याफनी, कुमार धर्मसेना र अन्य अम्पायरहरू छन्। यस प्यानलमा एहसान रजा एक मात्र पाकिस्तानी हुन्।

म्याच रेफ्रीमा डेभिड बुन, रञ्जन मदुगले र एन्ड्रयु पाइक्राफ्ट रहनेछन्।

माघ २४, २०८१ बिहीबार ११:०२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।