सिलिन्डर विस्फोट अपडेट : घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर

सिलिन्डर विस्फोट अपडेट : घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर

काठमाडौं : कमलपोखरीस्थित शान्दार मःमः पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट घाइते भएका ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन्।

उनका अनुसार घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

घाइते उनीहरुलाई यसअघि ज्ञानेश्वरको हिमाल अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

माघ २४, २०८१ बिहीबार १०:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।