अध्यादेशबारे औपचारिक निर्णय गर्दै  जसपा नेपाल

अध्यादेशबारे औपचारिक निर्णय गर्दै  जसपा नेपाल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्दैछ।

अध्यादेश अध्ययन कार्यदलले आज बिहान बुझाएको प्रतिवेदनबारे बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ।

माघ २४, २०८१ बिहीबार १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।