डोनाल्ड ट्रम्पको ‘गाजा योजना’ बारे ह्वाइट हाउसले दियो यस्तो स्पष्टीकरण

डोनाल्ड ट्रम्पको ‘गाजा योजना’ बारे ह्वाइट हाउसले दियो यस्तो स्पष्टीकरण

एजेन्सी : अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले गाजा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाको बारेमा स्पष्टीकरण दिएको छ।

ह्वाइट हाउसका प्रवक्ताले ट्रम्प गाजाको पुनर्निर्माण र त्यहाँका मानिसहरूलाई अस्थायी रूपमा स्थानान्तरण गर्न प्रतिबद्ध रहेको जनाएको छ।

अमेरिकी विदेशमन्त्रीले यो गाजाको पुनर्निर्माणको लागि उदार प्रस्ताव भएको बताएका छन्।

गाजाबाट प्यालेस्टिनीहरूलाई निकालेर अर्को ठाउँमा स्थानान्तरण गर्ने मुद्दाको पाँच प्रमुख अरब देशहरूले विरोध गरेका छन्।

यस विषयमा इजिप्टको राजधानी कायरोमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगका विदेशमन्त्रीहरूको बैठक बसेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाएर इजिप्ट र जोर्डनमा बसोबास गराउनुपर्ने बताएका थिए।

माघ २४, २०८१ बिहीबार ०८:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।