नेतृत्वविरूद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा घोराही-८ का वडाध्यक्षलाई एमालेले निकाल्यो

काठमाडौं : एमालेले दाङको घोराही उपमहानगरपालिका- ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ।
२०७९ को आम निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष शाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले जानकारी दिए।
शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्ध जथाभावी लेख्दै आएको आरोप छ।
‘जिल्ला पार्टीले स्पष्टीकरण सोध्दा शाहले वास्ता गरेनन् र फोनमा पनि आफैं मिलाएर लेख्नु भन्ने गैर जिम्मेवार जवाफ दिएका थिए,’ बस्यालले भने, ‘मलाई पार्टीले कारवाही गरे गरोस् म आफैंलाई पार्टीमा बस्न मन छैन भन्ने किसिमको अनुशासन विपरीत कुरा गर्दै आएको हुँदा निष्काशित गर्ने निर्णय पार्टीले गरेको छ।’
अब जिल्ला कमिटी बैठकको निर्णय प्रदेशमा पठाउने र त्यहाँबाट केन्द्रमा सर्कुलर जारी हुनेछ।
माघ २३, २०८१ बुधबार २२:०४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।