भोलिको संसद् बैठकमा रास्वपाले सोध्ने छ 'रवि लामिछानेलाई किन निलम्बन गरियो?'

भोलिको संसद् बैठकमा रास्वपाले सोध्ने छ 'रवि लामिछानेलाई किन निलम्बन गरियो?'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले भोलि बस्ने संसद् बैठकमा सभापति रवि लामिछानेको विषय उठान गर्ने भएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने निर्णय गरेको सचेतक निशा डाँगीले जानकारी दिइन्। 

उनका अनुसार बैठकमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल भएको छ। 

उनले भनिन्, ‘दलको बैठकमा तीन वटा एजेन्डा राखेका थियौं। संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए। अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेन्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौं।’

गत शुक्रबारदेखि सुरू भएको संसद्को हिउँदे अधिवेशनको पहिलो दिन रास्वपाले रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरिएको बारे प्रश्न गर्दै २५ मिनेट संसद् बहिष्कार समेत गरेको थियो। 

माघ २३, २०८१ बुधबार १९:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।