एमालेले भन्यो- भोलिको संसद् बैठकमा अध्यादेश पारित हुने गरी पेश हुन्छ

एमालेले भन्यो- भोलिको संसद् बैठकमा अध्यादेश पारित हुने गरी पेश हुन्छ
तस्बिरमा अघिल्लो संसद् बैठकमा रास्वपाका सांसदले बोल्न मागसहित गरेको विरोध

काठमाडौं : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन्। 

बुधबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसदमा पेश हुने बताए।

उनले भने, ‘भोलि अध्यादेश पारित हुने गरी पेश हुनेछ। विशेषगरी प्रतिपक्ष दलका नेताहरूले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो। सुन्ने र विशेष समय लगायत केही विषय हुन्छन्। सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयहरूमा छलफल राख्ने हाम्रो तयारी छ। केही महत्वपूर्ण विषयहरू र प्रतिवेदनहरू माथि छलफल हुनेछ। विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौं।’

उनले शुक्रबार बसेको संसदको बैठकमा रास्वपाले मर्यादा भंग गरेको  बताए। यसरी मर्यादा भंग हुँदा नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको उनको दाबी छ।  

उनले भने, ‘अस्ति राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी संसदको बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको कुरा र सभामुखले पटक पटक रुलिङ गर्दा पनि त्यसलाई अस्विकार गर्ने, सभामुखको आदेशलाई नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौं, त्यसले नेपालको संसदको काम प्रक्रियाको बारेमा दुखद चित्र बाहिर सार्वजनिक भएको छ।’

माघ २३, २०८१ बुधबार १८:३७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।