बुधवारको सेयर बजार ओरालो लाग्यो, कारोबार रकम चार करोडले बढ्यो

काठमाडौँ : बुधवार नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११ मा बजार बन्द भयो। मङ्गलवार ८ अर्ब ९१ करोडको कारोबार भएकोमा बुधवार चार करोड बढी कारोबार भयो। बुधवार ८ अर्ब ९५ करोडको कारोबार हुँदा १ सय १३ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय २२ कम्पनीको सेयर मूल्य घट्यो। ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बुधवार अकस्मात् फाइनान्स सेक्टर ५.६७ प्रतिशतले बढ्यो। हाइड्रोपावर सेक्टर ०.०४, निर्जीवन बीमा ०.१९ र अन्य सेक्टर ०.२८ प्रतिशतले बढ्यो।
बैङ्किङ ०.२६, विकास बैंक ०.९१, होटेल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ तथा व्यापार १.४२ प्रतिशत घटेका छन्।
उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। पोखरा फाइनान्सको ९.८१, समृद्धि फाइनान्सको ९.४६, भूगोल इनर्जीको ९, गुह्येश्वरी मर्चेन्ट फाइनान्सको ८ प्रतिशत मूल्य बढ्यो। सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य १० प्रतिशत घट्यो।
माघ २३, २०८१ बुधबार १५:२५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।