आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार (आज) पनि ह्वात्तै बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलाको २२ सय रुपैयाँ बढ्दा चाँदीमा ४५ रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार अहिले सुन तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यसका साथै आज चाँदी तोलाको एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ३० रुपैयाँ थियो।

माघ २३, २०८१ बुधबार १०:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।