सहारा सहकारी ठगीमा ३२ जना अभियुक्त, रविलाई ठगी, जीवी-छविलाई सङ्गठित अपराध पनि

सहारा सहकारी ठगीमा ३२ जना अभियुक्त, रविलाई ठगी, जीवी-छविलाई सङ्गठित अपराध पनि
अर्काइभ तस्बिर।

काठमाडौँ : चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थामा रहेको बचतकर्ताहरूको रकम ठगी गरेकोमा रवि लामिछानेसहित ३२ जनालाई अभियुक्त बनाएर पूरक अभियोग पत्र दायर भएको छ। पूरक अभियोग पत्रमा रविविरुद्ध ठगीको कसुरमा मागदावी लिइएको छ। जीवी राई, छविलाल जोशीलगायतविरुद्ध भने सहकारी ठगीसँगै सङ्गठित अपराधमा समेत मागदावी लिइएको छ।

यस अगाडि २०८१ मंसिर ३ मा सहकारी ठगी सम्बन्धी पहिलो अभियोग पत्र दायर भएको थियो। वीर बहादुर रानाभाट, छत्रमणी भट्टराई, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, रवि लामिछाने लगायतले ठगी गरेको देखिएको दाबी गरिएको छ।

जीवी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष् आनन्द, भूपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी,कुमार रम्तेल, दीपक लामा,नेत्रपाणी बास्तोलाविरुद्ध भने सङ्गठित अपराधको कसुरमा मागदावी लिइएको छ।

बयानमा रविले यस अगाडिका सहकारीको ठगीविरुद्ध जे तर्क गरेका थिए चितवन सहारामा पनि त्यही तर्क गरेका छन्। यस अगाडि जीवी, रवि र छविसहितलाई प्रतिवादी बनाएर पोखराको सुर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी र बुटवलको सुप्रिम सहकारीको वचत रकम अपलचनमा ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएर रविसहितका अधिकांश धरौटीमा रिहा भएका थिए।

माघ २२, २०८१ मंगलबार १६:२९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।