ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको तेस्रो दिन मंगलबार आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

सोमबारको तुलनामा आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढ्दा चाँदीमा ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँ थियो।

माघ २२, २०८१ मंगलबार ११:४२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।