पश्चिमी वायुले कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा अहिले आंशिक देखि साधरणतया बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
माघ २२, २०८१ मंगलबार ०७:११:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।