बुढासुब्बा गोल्डकपमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै आरटीसी क्लब भुटान सेमिफाइनलमा

बुढासुब्बा गोल्डकपमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै आरटीसी क्लब भुटान सेमिफाइनलमा

काठमाडौं : इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेज (आरटीसी)ले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

अब सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। 

भुटानले खेलको ७ औं मिनेटमा अग्रता लिएको थियो। नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गर्यो। 

दोस्रो हाफको ९औं मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए। इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए। 

दोस्रो हाफको ५३ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३-० को स्थितिमा पुर्याएका थिए। कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो। 

दोस्रो हाफको ७० औं मिनेटमा सोनाम योसेको पासमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे। 

खेलको म्यानअफ द म्याच भुटानका सोनाम योसे घोषित भए। उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो।

माघ २१, २०८१ सोमबार २०:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।