क्यानडालाई ट्रम्पको धम्की 'धेरै बोले अझै कर बढाउँछु, खेल्ने भए तयार छौं'

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाइएको करविरूद्ध बाेलिरहे क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाएका थिए। यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामग्रीमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो।
फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानडाले अमेरिकाका तर्फबाट लगाइएको करमाथि जवाफी कारबाही गरिरहे क्यानडामाथि थप कर लगाइने छ।’
बीबीसीका अनुसार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले उत्तरी छिमेकी मुलुकहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेको बताए।
‘म क्यानडाका नागरिकसँग माया गर्छु। म क्यानडाका नेताहरूसँग सहमत छैन। त्यहाँ केही हुनेवाला छ,’ ट्रम्पले भनेका छन्।
उनले क्यानडाले खेल्न चाहेको खेलप्रति आफूलाई कुनै आपत्ति नभएको अगाडि भनेका छन्, ‘यदि क्यानडा खेल खेल्न चाहन्छ भने मलाई कुनै आपत्ति छैन। उसले जे खेल चाहेको छ, हामी तयार छौँ।’
माघ २१, २०८१ सोमबार १७:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।