सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।

आज सुन हिजोकै मूल्य कायम रहँदा चाँदी तोलाको १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुन आज तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँ छ। हिजो चाँदी तोलाको एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो।

माघ २१, २०८१ सोमबार १०:३३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।