आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा हत्या, आरोपी एक जना पक्राउ

आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा हत्या, आरोपी एक जना पक्राउ

काठमाडौं : रसुवाको उत्तरगया गाउँपालिका-५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। 

प्रहरीले शनिबार साँझ उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङलाई पक्राउ गरेको हो। 

आर्थिक लेनदेनको विषयलाई लिएर कुटपिट हुँदा प्लेता घाइते भएका थिए। 

उनलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएकोमा शनिबार साँझ निधन भएको हो।

निधन भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीको टोलीलाई बिचारीलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ। 

माघ २०, २०८१ आइतबार १३:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।