फेसबुकमा ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर लेखेपछि प्रभु साहविरूद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
पूर्व मन्त्रीसमेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए।
त्यही विषयमा बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले शुक्रबार अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए।
आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो। सांसद साह र मेयर यादवबीच विवाद भइरहेको छ।
मेयर यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोप साहका कार्यकर्ता गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउन न्यायधाीशले आदेश दिएका थिए।
उक्त मुद्दामा आज सुनुवाइ हुँदैछ।
माघ २०, २०८१ आइतबार १२:४३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।