सुनको मूल्य स्थिर, तोलाको एक लाख ६२ हजार ८ सय रूपैयाँ

काठमाडौं : कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
माघ २०, २०८१ आइतबार ११:१८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।