परिवारका सबैजना कुम्भमेला गएको बेला बिर्तामोडको एक घरमा आगलागी

प्रतिकात्मक तस्बिर
काठमाडौं : परिवारका सबै जना भारत कुम्भमेलामा गएको बेला बिर्तामोडका पप्पु बिन्दलको घरमा आगलागी भएको छ।
शनिबार साँझ ८ बजेतिर बिर्तामोड ५ शनिश्चरे रोडमा रहेको पप्पुको घरमा कोही नभएको अवस्थामा घरको पूजा कोठाबाट आगो सल्किएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७:४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो।
घरमा परिवारका सदस्य कोही नभएका कारण क्षतिको विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
माघ २०, २०८१ आइतबार ०८:४६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।