महाकुम्भबाट फर्किरहेको स्कोर्पियो दुर्घटना हुँदा ५ नेपाली दर्शनार्थीको मृत्यु, ४ जना गम्भीर घाइते

काठमाडौँ : भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको स्कोर्पियो दुर्घटना हुँदा ५ जना नेपाली दर्शनार्थीको मृत्यु भएको छ।
शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
मृत्यु हुनेहरूमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ।
गाडीमा ९ जना सवार थिए। तीमध्ये ४ जना गम्भीर घाइते भएका छन्।
सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका हुन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
बाइकलाई बचाउन खोज्दा स्कोर्पियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको बताइएको छ।
लाइभहिन्दुस्थान डटकमका अनुसार सडकमा बाइक स्टन्टः गरिरहेका युवकहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो।
माघ १९, २०८१ शनिबार २१:१२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।