५० हजार ठगी गरेको आरोपमा पक्राउ परे ‘नक्कली डिएसपी’

५० हजार ठगी गरेको आरोपमा पक्राउ परे ‘नक्कली डिएसपी’

धनुषा : नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ।

सिरहाको लहान नगरपालिका-२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए। 

उनका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका-४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डिएसपी हुँ भन्दै नगद ५० हजार ठगेको आरोपमा उनलाई पक्राउ गरिएको हो। 

साहले आफू डिएसपी भएको भन्दै ५० हजार ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको छ।  

माघ १९, २०८१ शनिबार १८:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।