वडाध्यक्ष मियाँ : भाषण गरेर मञ्चबाट ओर्लिदै गर्दा बेहोस् भएर लडे, अस्पताल लैजाँदा बाटोमै मृत्यु

काठमाडौं : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण उनको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले बताए।
राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दसौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए।
उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका सदस्य गिरिले बताए। तथापि अस्पताल लैजाँदै गर्दा नै उनको मृत्यु भएको थियो।
३७ वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन्।
माघ १९, २०८१ शनिबार १७:१९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।