ठमेलमा आगलागी, ६५ लाखको क्षति

ठमेलमा आगलागी, ६५ लाखको क्षति
प्रतिकात्मक तस्बिर

काठमाडौं : ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ। 

काठमाडौं महानगरपालिका-२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा उनले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। 

आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ। 

माघ १९, २०८१ शनिबार १६:५९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।