प्रहरी भन्छ 'यौन प्रस्ताव नमान्दा प्रेमीले गरे सरस्वतीको हत्या, घटना कसैले थाहा नपाउन् भनेर फुपूलाई पनि मारे'

काठमाडौं : अछामको ढकारी गाउँपालिका-८ स्थित घोडासैनमा मृत भेटिएका दुई किशोरीलाई उनैका प्रेमीले हत्या गरेको खुलेको छ।
स्थानीय छिन्ने जंगलमा गाईवस्तु चराउन गएका १४ वर्षीया सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्काको गत शनिबार शव भेटिएको थियो।
आज पत्रकार सम्मेलन गरेर अछाम प्रहरीले अनुसन्धानबाट शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा दुई किशोरले उनीहरूको हत्या गरेको देखिएको जनाएको छ।
प्रहरीका अनुसार मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ।
हत्या गर्ने एक जना नाम परिवर्तित (६९ मंगलसेन ७६) ईश्वरीको प्रेमी रहेको र अर्का परिवर्तित नाम (६९ मंगलसेन ७३) सरस्वतीको प्रेमी रहेको खुलेको छ।
पक्राउ परेका उनीहरू दुवैजना बालक भएकाले उनीहरूको नाम नखुलाइएको अछामका प्रहरीका डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।
प्रहरीको बयानमा ती बालकहरूले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।
डिएसपी भण्डारीले भने, ‘६९ मंगलसेन ७६ ले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे। सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन्।’
६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागे। तर, उनले दिइनन्। त्यसपछि यही विषयमा विवाद भई सरस्वतीको हत्या भएको प्रहरीको निष्कर्ष छ।
घटना कसैलाई नभन्नु भनेर रोक्न ईश्वरालाई पनि मारेको प्रहरी अनुसन्धानले देखाएको छ।
माघ १९, २०८१ शनिबार १५:०१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।