थाइल्यान्डविरुद्ध नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

थाइल्यान्डविरुद्ध नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं : त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्यान्डविरुद्ध नेपालले टस जितेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन्।

नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ। इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ।

ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको शीर्ष रनकर्ता रहेकी थिइन्।

नेपालको प्लेइङ-११
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, र सिता राना मगर

माघ १९, २०८१ शनिबार १२:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।