आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

काठमाडौं : तराई र उपत्यकाका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ। पहाडी भेगमा भने आंशिक बदली भएको छ।
काठमाडौं उपत्यकासहित पहाडी भेगमा केही दिनदेखि निरन्तर बदली भइरहेको छ। आंशिक बदली भएका कारण बिहान र बेलुका चिसो कायमै छ।
यस्तै पूर्वी र मध्य तराईका धेरै ठाउँमा दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने गरेको छ।
अबको तीन दिन देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माघ १९, २०८१ शनिबार ०७:४१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।