नेदरल्यान्डले थाइल्यान्डलाई दियो एक सय २३ रनको लक्ष्य

नेदरल्यान्डले थाइल्यान्डलाई दियो एक सय २३ रनको लक्ष्य

काठमाडौं : जारी महिला त्रिकोणात्मक सिरिज अन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डलाई एक सय २३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २२ रन बनाएको थियो।

उसका लागि बाबेट्टे दी लिडेले ५२ रनको अर्धशतकीय पारी खेल्दा आइरिस ज्वीलिङले २८ रन जोडिन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

थाइल्यान्डले तीन वटा रनआउट गर्यो। त्यसका अलावा थिपाच्छा पुथावाङले दुई विकेट लिँदा ओनिचा कामचोम्फुले एक विकेट लिए।

थाइल्यान्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई २० रनले पराजित गरेको थियो। थाइल्यान्डको भने यो नै पहिलो खेल हो।

माघ १८, २०८१ शुक्रबार १४:१२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।