सभामुखले पेलेरै अघि बढेपछि रास्वपा सांसदद्वारा १५ मिनेट संसद् बैठक बहिस्कार

सभामुखले पेलेरै अघि बढेपछि रास्वपा सांसदद्वारा १५ मिनेट संसद् बैठक बहिस्कार

काठमाडौं : सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक चलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १५ मिनेटको लागि बैठक बहिस्कार गरेका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ को दफा १५ अनुसार बोल्नका लागि समय मागेकोमा सभामुखले समय दिएनन्। अनि उनीहरूले उठेर बैठक अवरोध गरेका थिए।

सभामुख घिमिरेले बस्नका लागि पटक-पटक अनुरोध र आग्रह गर्दा समेत रास्वापका सांसदहरुले मानेनन्। सभामुखले  बैठक अघि बढाए। रास्वपा सांसदहरूले १५ मिनेटका लागि बैठक बहिस्कार गरे। 

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुखले आफूहरूलाई दोस्रो दर्जाको सांसदको व्यवहार गरेको भन्दै विरोधस्वरुप बैठक बहिस्कार गरेको बताए।

यसबीचमा घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २१ को (ख)को व्यवस्था स्मरण गराउँदै आफ्नो आलोचना नगर्न चेतावनी समेत दिएका थिए। रास्वपा सांसदहरूले उठेर अवरोध गरिरहँदा समेत सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाएका थिए।

सम्बन्धित समाचार:-

माघ १८, २०८१ शुक्रबार १३:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।