आफ्नो आलोचना नगर्न रास्वपा सांसद्लाई सभामुखको चेतावनी

काठमाडौं : सभामुख देवराज घिमिरेले आफ्नो आलोचना नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई चेतावनी दिएका छन्।
प्रतिनिधिसभा नियमावली २०७९ को दफा २१ को (ख)को व्यवस्था स्मरण गराउँदै आलोचना नगर्न चेतावनी दिएका हुन्।
प्रतिनिधिसभा नियमावली २०७९ को दफा २१ को (ख)मा भनिएको छ, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने।’
यसका अलावा उनले सभामुखले समय दिएपछि मात्रै बोल्नुपर्ने नियमको समेत स्मरण गराएका थिए।
सभामुखले लामो समयसम्म बस्न अनुरोध र आदेश गर्दा पनि नमानेपछि सभामुख घिमिरेले पेलेरै संसदको कारबाही अघि बढाएका छन्।
रास्वपा सांसदहरूले उठेर अवरोध गरिरहँदा समेत राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाए।
माघ १८, २०८१ शुक्रबार १३:४३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।