अनुरोधले नमानेपछि आसन ग्रहण गर्न रास्वपा सांसदलाई सभामुखको आदेश

अनुरोधले नमानेपछि आसन ग्रहण गर्न रास्वपा सांसदलाई सभामुखको आदेश

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठक अवरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई आसन ग्रहण गर्न निर्देशन दिएका छन्।

बैठकमा राष्ट्रिय गान बजेपछि सभामुखले आफ्नो भनाइ राखे। त्यसपछि राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढ्ने क्रमा रास्वपा सांसदहरुले उठेर अवरोध गरेका थिए।

बोल्नको लागि आकस्मिक समय पाउनुपर्ने माग गर्दा सभामुखले नदिएपछि उनीहरुले उठेर अवरोध गरेका हुन्।

पाँच मिनेटजति बस्नका लागि अनुरोध गरेका सभामुखले त्यसपछि भने प्रतिनिधि सभा नियमावली स्मरण गराउँलै बस्नका लागि आदेश नै दिए।

त्यसको लामो समयसम्म पनि रास्वपा सांसद र सभामुखबीच बहस भयो।

प्रतिनिधि सभाको बैठकअघि रास्वपा सांसदहरूले सभामुख घिमिरेलाई भेटेर आफ्ना सभापति एवं निलम्बित सांसद रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग गरेका थिए।

माघ १८, २०८१ शुक्रबार १३:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।