अमेरिका दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटियो

अमेरिका दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटियो

एजेन्सी : अमेरिका दुर्घटना भएको विमानको ब्ल्याक बक्स भेटिएको छ।

विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

ब्ल्याक बक्स मार्फत दुर्घटनाको तथ्य पत्ता लगाउन मद्दत मिल्छ। बीबीसीका अनुसार ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिनेछ।

बुधबार राति एक अमेरिकन एयरलाइन्सको विमान अमेरिकाको वाशिंगटन डीसी नजिकै आकाशमै ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किँदा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको थियो।

बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वासिङ्टन जाँदै थियो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको थियो। त्यसपछि नदीमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो।

माघ १८, २०८१ शुक्रबार ०८:४३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।