तराईमा हुस्सु र कुहिरो, बाँकी भेगमा मौसम सफा

तराईमा हुस्सु र कुहिरो, बाँकी भेगमा मौसम सफा

काठमाडौं : तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा अहिले बदली छ। बाँकी भागमा मौसम सफा छ।

दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ । 

माघ १८, २०८१ शुक्रबार ०७:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।