संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ। दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशक आह्वानको पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्र र मन्त्रिपरिषद्बाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाइनेछ।
यसका अतिरिक्त आजकै बैठकमा सरकारका तर्फबाट दुवै सदनमा ६ अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको संसद् प्रवक्ता एकराम गिरी जानकारी दिए।
माघ १८, २०८१ शुक्रबार ०७:१८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।